बास्केटबल लिगमा सोलो र प्लेबक्स विजयी

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोलो बास्केटबलले रोएल स्पोर्ट्स सेन्ट्रललाई ७९–६९ स्कोरले हरायो ।

फाल्गुन ३०, २०८२

कान्तिपुर संवाददाता

Solo and Playbox win in basketball league

काठमाडौँ — हिमालयन जाभा नेसनल बास्केटबल लिगमा सोलो बास्केटबल र प्ले–बक्स एरेना विजयी भएका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोलो बास्केटबलले रोएल स्पोर्ट्स सेन्ट्रललाई ७९–६९ स्कोरले हरायो । सोलोले पहिलो क्वाटरमा २४–१३ र दोस्रो क्वाटरमा १४–१० को अग्रता लिँदै हाफटाइमसम्म ३८–२३ को अग्रता बनाएको थियो । रोयल्सले तेस्रो क्वाटर २५–१९ ले आफ्नो पक्षमा पारेर दूरी घटाउने प्रयास गरेको थियो । तर चौथो क्वाटर सोलोले २२–२१ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।

सोलोको लगातार दोस्रो जित हो । यसअघि सोलोले प्लेबक्सलाई हराएको थियो । सोलोका प्रगुन महर्जनले २६ स्कोर जोडे । उनी प्लेयर अफ द म्याच घोषित भए । रोयल्सको लगातार दोस्रो हार हो । टोली पहिलो खेलमा कीर्तिपुरसँग पराजित भएको थियो । अर्को खेलमा प्लेबक्सले कीर्तिपुरलाई ८५–८१ ले हराएको थियो । कीर्तिपुरको पहिलो हार हो ।

कान्तिपुर

Link copied successfully