जुनियर तथा सिनियर विद्याका खेलाडीको सहभागिता रहेको प्रतियोगितामा यी तीन विद्यालयबाट २ सय ५० खेलाडीको सहभागिता थियो । ३ सय मिटरमा ६–६ महिला तथा पुरुषतर्फका खेल भएका थिए ।
काठमाडौँ — मित्रश्री विधालयले एकदिवसीय प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पीड च्याम्पियनसिप जितेको छ । शनिबार भक्तपुरको गुण्डुस्थित काठमाडौं वर्ल्ड स्कुलमा सम्पन्न प्रतियोगितामा जनप्रेमी विद्यालय दोस्रो र शिवर्ड विद्यालय तेस्रो भए ।
जुनियर तथा सिनियर विद्याका खेलाडीको सहभागिता रहेको प्रतियोगितामा यी तीन विद्यालयबाट २ सय ५० खेलाडीको सहभागिता थियो । ३ सय मिटरमा ६–६ महिला तथा पुरुषतर्फका खेल भएका थिए । प्रतियोगितामा ६ देखि ८–८ देखि १०–१० देखि १२–१२ देखि १४–१४ देखि १६–१६ देखि १८ उमेर समुहका खेलाडीले खेलेका थिए ।
त्यसमध्ये ३६ जनाले पहिलो, दोस्रो, तेस्रो स्थान प्राप्त गरेर मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगिता डाइनामिक स्केट क्लब भक्तपुर तथा नेपाल स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसनको संयुक्त आयोजनामा भएको हो ।
राष्ट्रिय खेलकुदका परिषदका पूर्वसदस्य सचिव टंकलाल घिसिङले स्केटिङ खेल निक्कै लोकप्रिय हुँदै गएकोले ओलम्पिकमा छनोट हुने सम्भावना रहेको चर्चा गरे । ओलम्पिकमा छनोट हुने सम्भावना रहेकाले यो खेलको विकासका लागि विद्यार्थी र अभिभावकले ध्यान दिनु पर्ने धारणा पनि उनको थियो ।
क्लवका अध्यक्ष रोजन भासिमाको सभापतित्वमा भएको कार्यक्रममा घिसिङसहित प्रमुख प्रशिक्षक दिलिपराज बराल, संघका अध्यक्ष अच्युत खनाल, महासचिव सत्य थापा, सल्लाहकार सौनक भट्ट, स्केटका ब्राण्ड एम्बास्डर सञ्जु श्रेष्ठ, रोलर हक्कीका टीम मेनेजर सावी डिसी, काठमाडौ वर्ल्ड स्कुलका वरिष्ठ निर्देशक डा. विद्या अधिकारी, निर्देशक यांकिला लामालगायतले विजेताहरुलाई मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गरे ।
