जीएम कप भलिबल : पुलिस, आर्मी र गण्डकी विजयी

शनिबार सम्पन्न खेलमा पुलिसका पहल गहतराज, आर्मीका देव राना र गण्डकीका सन्जु विक्रम शाह 'म्यान अफ दी म्याच' भए ।

फाल्गुन ३०, २०८२

नवीन पौडेल

GM Cup Volleyball: Police, Army and Gandaki win

परासी — पूर्वी नवलपरासीमा जारी  जीएम कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०८२ अन्तर्गत शनिबार सम्पन्न खेलमा विभागीय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश विजय भएका छन् । पुलिसले बागमती प्रदेशलाई २५- १२ , २५ -१८ र २५-१९ को सोझो सेटमा पराजित गरेको थियो   

त्रिभुवन आर्मीले  कर्णाली प्रदेशलाई  २५- १४, २५-१३ र २५-२२ सोझो सेटमा पछाडि पार्‍यो । गण्डकीले लुम्बिनी प्रदेशलाई  २५-२१, २५-१५, २३-२५ र २५ -२०  को सेटमा जित निकालेको हो ।

अब लिग चरणका खेल सकिएका छ्न् । शनिबार  सम्पन्न खेलमा पुलिसका पहल गहतराज, आर्मीका देव राना र गण्डकीका सन्जु विक्रम शाह 'म्यान अफ दी म्याच' घोषित भए । आइतबारबाट  नकआउट चरणका  खेल सुरु हुने जीएम समाजका सल्लाहकार सहज राना मगरले बताए । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully