सीतापाइला तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगितामा ६ स्वर्ण, ४ रजत र १ कांस्यसहित लायन मार्सल आर्ट्स दोस्रो भयो । तेस्रो स्थानको गोर्खाली तेक्वान्दो डोजाङले ४ स्वर्ण, १ रजत र १ कांस्य जित्यो ।
काठमाडौँ — ढल्को तेक्वान्दो डोजाङले ७ स्वर्ण, ४ रजत र ३ कांस्य जित्दै प्रथम नागार्जुन उपमेयर कप तथा १२ औं सीतापाइला काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको टिम ट्रफी जितेको छ ।
सीतापाइला तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगितामा ६ स्वर्ण, ४ रजत र १ कांस्यसहित लायन मार्सल आर्ट्स दोस्रो भयो । तेस्रो स्थानको गोर्खाली तेक्वान्दो डोजाङले ४ स्वर्ण, १ रजत र १ कांस्य जित्यो । शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार पाए ।
पुरुषमा सीतापाइलाका मोहम्मद सामी र महिलामा ढल्कोकी दीक्षा तामाङ उत्कृष्ट खेलाडी चुनिए । दुवैले जनही १० हजार पुरस्कार पाए । विजेतालाई नागार्जुन नगरपालिकाकी उपमेयर सुशीला अधिकारी, आयोजक डोजाङका अध्यक्ष बब्लु सिवाकोटीलगायतले पुरस्कृत गरे ।
