पुरुषमा तिलकबहादुर सुनुवार र रेमश लिम्बू तथा महिलामा सुनसरी रोकाया र लाक्पा निग्मा शेर्पाले प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौँ — आईएयू ५० किमि विश्व च्याम्पियनसिपमा भाग लिन नेपालका ४ खेलाडीसहित ५ सदस्यीय टोली शुक्रबार भारतको नयाँ दिल्ली गएको छ । शनिबार हुने प्रतियोगितामा २–२ पुरुष/महिला खेलाडीले भाग लिने छन् ।
पुरुषमा तिलकबहादुर सुनुवार र रेमश लिम्बू तथा महिलामा सुनसरी रोकाया र लाक्पा निग्मा शेर्पाले प्रतिस्पर्धा गर्नेछन् ।
टिम व्यवस्थापकमा नेपाल एडभेन्चर रनिङ महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्री छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सन्तकुमार मेहताले शुक्रबारै बिदाइ गरे ।