नेसनल बास्केटबल : टाइम्सको पहिलो जित

टाइम्सका श्रेयशबहादुर शाहले सर्वाधिक २७ स्कोर गरे । उनी प्लेयर अफ द म्याच भए ।

फाल्गुन २९, २०८२

कान्तिपुर संवाददाता

National Basketball: Times' first win

काठमाडौँ — टाइम्स क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा शुक्रबार केभीसी हाउन्ड्समाथि रोमाञ्चक जित पाएको छ । टाइम्सको पहिलो जित हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा टाइम्सले हाउन्ड्सलाई ७३–६८ स्कोरले हरायो । प्रतिस्पर्धात्मक खेलमा टाइम्सले पहिलो क्वाटरमा १७–११ को अग्रता बनायो । टाइम्सले दोस्रो क्वाटर १९–१९ र चौथो क्वाटर २०–२० को बराबरीमा टुंग्याए पनि हाउन्डसले तेस्रो क्वाटरमा १८–१७ ले आफ्नो पक्षमा पारेको थियो ।

टाइम्सका श्रेयशबहादुर शाहले सर्वाधिक २७ स्कोर गरे । उनी प्लेयर अफ द म्याच भए ।  

त्यस्तै त्रिभुवन आर्मी क्लबले गोल्डेनगेट क्लबलाई ९१–६७ स्कोरले पराजित गरेको थियो । आर्मीको लगातार दोस्रो जित हो भने गोल्डेनगेटको पहिलो हार हो ।

कान्तिपुर

Link copied successfully