रियलको जितमा भाल्भेरडेको ह्याट्रिक

डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पनि चेल्सीमाथि प्रभावशाली ५–२ को जित रच्यो ।

फाल्गुन २८, २०८२

कान्तिपुर संवाददाता

Valverde's hat-trick in Real's win

काठमाडौँ — फेडरिक भाल्भेरडेको ह्याट्रिकको मदतले रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा बुधबार म्यानचेस्टर सिटीलाई ३–० ले पराजित गरेको छ । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पनि चेल्सीमाथि प्रभावशाली ५–२ को जित रच्यो ।

त्यसमा खेलको अन्त्यतिर ख्विचा क्वारात्स्खेलियाले दुई गोल गरे । इंग्लिस प्रिमियर लिगको शीर्षमा रहेको आर्सनलले आफ्नो अपराजित याक्रा कायम राख्ने त्रममा बायर लेभरकुजनलाई १–१ को बराबरीमा रोक्यो ।

बोडो/गिल्म्टले आफ्नो स्वपनिल याक्रा कायम राख्ने त्रममा स्पोर्टिङ लिस्वनलाई ३–० ले हरायो । च्याम्पियन्स लिगमा नर्वेली क्लबको यो लगातार पाँचौं जित हो । अल्भारो अरबेलोआको कीर्तिमान १५ पल्टको युरोपेली च्याम्पियनका लागि भाल्भेरडेले पहिलो हाफमै ह्याट्रिक रचेका हुन् ।

यससँग रियलले प्रतियोगिताको लिग चरणमा सिटीसँग बेहारेको हारको बदला पनि लिएको छ । आर्सनललाई हारबाट जोगाउन काइ हाभरटेजले ८९ औं मिनेटमा पेनाल्टीबाट बराबरी गोल गरे ।

कान्तिपुर

Link copied successfully