रिङजिनले ७० बलमा १ सय २२ रन बनाएपछि भक्तपुरले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा १ सय ८३ रनको लक्ष्य २३.४ ओभरमा १ सय ८४ रन बनाउँदै पूरा गर्यो । प्लेयर अफ द म्याच रिङजिनले १८ चौका र ५ छक्का प्रहार गरे ।
काठमाडौँ — रिङजिन लामाको शतकमा भक्तपुर जिल्लाले प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई ६ विकेटले पराजित गरेको छ । भक्तपुरले ३ खेलमा दोस्रो जित हात पारेको हो ।
रिङजिनले ७० बलमा १ सय २२ रन बनाएपछि भक्तपुरले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा १ सय ८३ रनको लक्ष्य २३.४ ओभरमा १ सय ८४ रन बनाउँदै पूरा गर्यो । प्लेयर अफ द म्याच रिङजिनले १८ चौका र ५ छक्का प्रहार गरे ।
सौरभ साखकर्मी २, इन्जामामुल हक ५, आकाशकुमार साह २२ रनमा आउट भए । शिवम तिवारी १० बल खेलि ५ चौकासहित २३ र कप्तान क्रिस कार्की १ रनमा अविजित रहे । त्रिविबाट सुरज तिरुवा, दिनेश थापा र सुरज शर्माले १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङमा आएको त्रिवि ४९.४ ओभरमा १ सय ८२ रनमा अलआउट भएको थियो । सुरजले सर्वाधिक ५८ रन बनाए । उनले ९८ बल खेलि ४ चौका प्रहार गरे । अकिल खान ५० बल खेलि ४ चौका प्रहार गरि ३१, राजेश बस्याल ३५ बल खेलि ५ चौका र १ छक्का प्रहार गरि २८, सन्तोष रोकाया २५, आरिफ अन्सारी १२ र कप्तान सुमित झा ११ रनमा आउट भए । भक्तपुरका अविनाश बस्यालले १० ओभरमा ३६ रन खर्चेर ४, सुवास खत्रीले ९.४ ओभरमा २६ रन खर्चेर ३ तथा भुपेन्द्र आचार्य, क्रिस र शिवमले १–१ विकेट लिए ।
लतिलपुरको लगातार तेस्रो जित
ललितपुरले लगातार तेस्रो विजय हात पार्नेक्रममा चितवनलाई ७ विकेटले पराजित गर्यो । माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको चितवन ४७.३ ओभर खेलि २ सय २७ रनमा अलआउट भयो । सचिन लेखक र विवेक रानामगरले अविजित अर्धशतक बनाएपछि ललितपुरले २८.३ ओभरमै लक्ष्य पुरा गर्यो ।
सचिन ६४ बलमा ९ चौका प्रहार गरि ६२ रनमा अविजित रहे । प्लेयर अफ द म्याच विवेकले ५१ बल खेलि ४ चौका र ५ छक्का प्रहार गरि अविजित ६९ रन बनाए । कप्तान आशुतोष घिरैया ६, रोनिम तिवारी २६ बल खेलि ३ चौका र १ छक्का प्रहार गरि २५ र आदिल खान २६ बल खेलि ५ चौका र ३ छक्का प्रहार गरि ४८ रन बनाई अविजित रहे । चितवनका दीपेश श्रेष्ठले २ र कप्तान गौतम केसीले १ विकेट लिए ।
यसअघि पवन थापामगरको ७७ रनमा चितवनले चुनौतीपूर्ण स्कोर बनाएको थियो । अघिल्लो खेलमा शतक बनाएका उनले ७६ बल खेलि ७ चौका प्रहार गरे । ओपनर अर्या महतोले ८५ बल खेलि ४ चौका र १ छक्कासहित ३८, प्रशान्त महतले २३, दीपेशले १९, गौतमले १७ र रोशन झाले १० रन बनाए ।
ललितपुरका सूर्य तामाङले ३ विकेट लिए । उनले १० ओभरमा ४४ रन खर्चे । पंकज पाण्डेले ९ ओभरमा ५० र विवेकले १.३ ओभरमा ६ रन खर्चेर २–२ तथा सारस खत्री, तिलकराज भण्डारी र रोनिम तिवारीले १–१ विकेट लिए ।
काठमाडौंको दोस्रो जित
काठमाडौंले सुरुको दुवै खेल जित्नेक्रममा मकवानपुरलाई ५ विकेटले पराजित गरेको छ । तल्लो मूलपानीमा टस जितेर ब्याटिङ रोजेको मकवानपुर ३१.२ ओभरमा १ सय ३० रनमा अलआउट भयो । शीर्ष चार ब्याटर गोकुल अधिकारी ४, शुभ कंसाकार २, युबिन बुढाथोकी शुन्य र कप्तान सुमन सुनार ९ रनमा आउट भएपछि मकवानपुरले पुरै इनिङ्स दबाबमा खेलेको थियो ।
सक्क्षम बस्ताकोटीले सर्वाधिक ४२ रन बनाए । उनले ५२ बल खेलि ४ चौका र १ छक्का प्रहार गरे । विशाल फुयाल ५, ताकसक सिम्खडा १९, रिजन ढकाल १३, स्वरुप श्रेष्ठ १४ रनमा आउट भए । काठमाडौंका सन्दीप पराजुलीले ४ र दयानन्द मण्डलले ३ विकेट लिए । प्लेयर अफ द म्याच सन्दीपले ९ ओभरमा २७ रनमात्र खर्चेका थिए । दयानन्दले ६.२ ओभरमा २४ रन खर्चे । सोनु देवकोटा र कप्तान इशान पाण्डेले १–१ विकेट लिए ।
काठमाडौंले २६.१ ओभरमै लक्ष्य पूरा गर्यो । रित गौतम र उत्तम थापामगरले समान ३६ रन बनाए । रितले ४२ बल खेलि ३ चौका र उत्तमले ५१ बल खेलि १ छक्का प्रहार गरी अविजित रहे । रविन जोशी ५, प्रसिद्ध जैसी ६, सोनु ११ र उपेन्द्र खत्री १२ रनमा आउट भए । इशान ९ बल खेलि ३ चौका र १ छक्का प्रहार गरि २० रनमा अविजित रहे । मकवानपुरका शुभले २ तथा रिजन, साकर गजुरेल र स्वरुपले १–१ विकेट लिए ।
