जुलियन अल्भारेजले त्यसमा दुई गोल गरे । यी जितसँगै बायर्न र एटलेटिको दुवै अर्को चरण प्रवेशको नजिक पुगेका छन् ।
काठमाडौँ — बायर्न म्युनिक र एटलेटिको म्याड्रिडले युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगको खेलमा मंगलबार ठूलो अन्तरले जित निलेका छन् । बायर्नले एटलान्टालाई ६–१ ले पराजित गरेको हो र त्यसमा माइकल ओलिसले दुई गोल गरे ।
एटलेटिकाले भने टोटनहमलाई ५–२ ले हरायो । जुलियन अल्भारेजले त्यसमा दुई गोल गरे । यी जितसँगै बायर्न र एटलेटिको दुवै अर्को चरण प्रवेशको नजिक पुगेका छन् । अब एटलाटना र टोटनहमलाई अर्को लेगमा यो हारको अन्तर उल्टाउन गाह्रो हुनेछ ।
अन्य खेलमा न्युकासल युनाइटेड र बार्सिलोनाले १–१ को बराबरी खेले । हार्भे बारनेसले न्युकासललाई अग्रता दिलाएयता लामिन यामलले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । यस्तै मारियो लेमिनको गोलमा गालातासारेले लिभरपुलमाथि १–० को जित दर्ता गर्यो ।
