नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार विज्ञप्तिमार्फत चैत ३ देखि ५ गतेसम्म तीनदिवसीय ढाँचामा फाइनल खेल सञ्चालन हुने जनाएको छ ।
काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित रहेको जय ट्रफी इलाइट कप क्रिकेट प्रतियोगिताको फाइनल चैत पहिलो साता हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार विज्ञप्तिमार्फत चैत ३ देखि ५ गतेसम्म तीनदिवसीय ढाँचामा फाइनल खेल सञ्चालन हुने जनाएको छ ।
यसअघि फागुन ८ देखि १५ सम्म दुईदिवसीय ढाँचामा समूह चरणको खेल भएको थियो । समूह चरणको शीर्ष स्थानमा रहँदै नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेका थिए । फाइनल खेल मूलपानीस्थित माथिल्लो मैदानमा हुनेछ ।
क्यानले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चैत ७ देखि वैशाख ४ गतेसम्म हुने जनाएको छ । पर्सा र जनकपुरमा हुने प्रतियोगिताका केही खेल राजधानीको कीर्तिपुर र मूलपानी मैदानमा पनि खेलाइने भएको छ ।