मिलानको डर्बी जित

इन्टरले यो खेल जितेको भए १३ अंकको अग्रता लिने थियो र लिगमा दस चरणका खेल मात्र बाँकी हुने थियो ।

फाल्गुन २५, २०८२

कान्तिपुर संवाददाता

Milan derby win

काठमाडौँ — पेरभिस इस्टुपिनानले पहिलो हाफमा गरेको गोलको मदतले एसी मिलानले आइतबार इटालीको सिरी ए मा भएको खेलमा इन्टर मिलानलाई १–० ले पराजित गरेको छ । सानसिरोमा प्राप्त यो जितपछि शीर्षमा इन्टरको अग्रता सात अंकमा छोटिएको छ ।

इन्टरले यो खेल जितेको भए १३ अंकको अग्रता लिने थियो र लिगमा दस चरणका खेल मात्र बाँकी हुने थियो । तर मिलानले अहिले हात पारेको जितले उपाधि होडमा उसको झिनो सम्भावना कायम रह्यो ।

पछिल्लो समय इन्टरमाथि मिलान हाबी रहेको छ र दुई टिमबीचका पछिल्ला सात खेलमा अपराजित रहेको छ । इस्टुपिनानले दोस्रो हाफ सकिन दस मिनेट अगाडि खेलको एक मात्र गोल गरेका हुन् ।

कान्तिपुर

Link copied successfully