नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार विज्ञप्तिमार्फत् ३ देखि ५ चैतसम्म तीन दिवसीय ढाँचामा फाइनल खेल सञ्चालन गर्ने जनाएको छ ।
काठमाडौं — प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित जय ट्रफी इलाइट कप क्रिकेट प्रतियोगिताको फाइनल खेल चैत पहिलो साता हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार विज्ञप्तिमार्फत् ३ देखि ५ चैतसम्म तीन दिवसीय ढाँचामा फाइनल खेल सञ्चालन गर्ने जनाएको छ । यसअघि ८ देखि १५ फागुनसम्म दुई दिवसीय ढाँचामा समूह चरणको खेल भएको थियो । समूह चरणको शीर्ष स्थानमा रहँदै नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेका थिए । फाइनल खेल मूलपानीस्थित माथिल्लो मैदानमा हुनेछ ।
क्यानले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ७ चैतदेखि ४ वैशाखसम्म हुने जनाएको छ । पर्सा र जनकपुरमा हुने प्रतियोगिताका केही खेल राजधानीको कीर्तिपुर र मूलपानी मैदानमा पनि खेलाइने भएको छ ।
