यो जितपछि बार्सिलोनाको २७ खेलबाट ६७ अंक भएको छ र उसलाई शीर्षमा चार अंकको अग्रता प्राप्त छ ।
काठमाडौँ — लामिन यामलले दोस्रो हाफमा गरेको एक मात्र निर्णायक गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार एथलेटिको बिलबाओलाई १–० ले पराजित गरेको छ । उनले ६८ औं मिनेटमा गोल गरे र लिगको शीर्षमा बार्सिलोनाको पकड कायम रह्यो ।
यो जितपछि बार्सिलोनाको २७ खेलबाट ६७ अंक भएको छ र उसलाई शीर्षमा चार अंकको अग्रता प्राप्त छ । रियल म्याड्रिड ६३ अंकमा दोस्रो स्थानमा छ । यस्तै बिलबाओ भने ३५ अंकमा नवौं स्थानमा रहेको छ ।
एटलेटिको म्याड्रिड ५४ अंकमा तेस्रो स्थानमा रहेको छ र उसले अर्को खेलमा रियल सोसिडाडलाई ३–२ ले हरायो । सोसिडाड भने ३५ अंकमा आठौं स्थानमा छ ।
