उल्भ्समाथि लिभरपुलले लियो बदला

लिभरपुलका लागि एन्ड्र्यु रोवर्टसन,, मोहमद सलाह र कर्टिस जोन्सले एक एक गोल गरे

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

Liverpool take revenge on Wolves

काठमाडौँ — लिभरपुलले उल्भ्समाथि ३–१ को सजिलो जित हात पार्दै शुक्रबार एफएकपको क्वाटरफाइनल यात्रा तय गरेको छ । लिभरपुल प्रिमियर लिगमा दुई दिन अगाडि मात्रै उल्भ्सकै हातबाट पराजित भएको थियो ।

त्यो हारले लिगमा लिभरपुलको शीर्ष चारको सम्भावना कमजोर बनेको थियो र प्रशिक्षक आर्ने स्लट दबाबमा आएका थिए । तर अहिले प्राप्त जित उसका लागि बदला लिए सरहकै हुनेछ र यसले क्लबलाई राहत दिनेछ ।

लिभरपुलका लागि एन्ड्र्यु रोवर्टसन,, मोहमद सलाह र कर्टिस जोन्सले एक एक गोल गरे । उल्भ्सका तर्फबाट ह्वाङ हि–चानले एक सान्त्वना गोल फर्काए ।

कान्तिपुर

Link copied successfully