टोटनहमको संकट गहिरिँदै

आफ्नो घरेलु मैदानमा टोटनहमले डोमिनिक सोलोन्कीको गोलले अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Tottenham's crisis deepens

काठमाडौँ — इंग्लिस प्रिमियर लिगमा टोटनहम बिहीबार क्रिस्टल प्यालेसको हातबाट ३–१ ले पराजित रह्यो र यससँगै उसमाथि रहेको संकट अझ गहरिएको छ । आफ्नो घरेलु मैदानमा टोटनहमले डोमिनिक सोलोन्कीको गोलले अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन् ।

प्यालेसका लागि इस्माइल सारले दुई तथा जोर्गन लारसनले एक गोल गरे । टोटनहमले पहिलो हाफमै रातो कार्डमा मिकी भान डे भेनलाई गुमाएको थियो । यो नतिजापछि टोटनहम २९ खेलबाट २९ अंकमा १६ औं स्थानमा कायम रह्यो ।

यो रेलिगेसन क्षेत्रबाट एक अंकको दूरी मात्र हो । उसको पछाडि नटिंघम फरेस्ट र वेस्ट ह्याम समान २८ अंकमा रहेका छन् । प्यालेस भने ३८ अंकमा १३ औं स्थानमा उक्लेको छ र अर्को सिजन प्रिमियर लिग नै खेल्ने सम्भावना लगभग निश्चित गरेको छ ।

कान्तिपुर

Link copied successfully