लिभरपुलमाथि उल्भ्स विजयी

लिभरपुलका लागि च्याम्पियन्स लिग छनोटमा यो अर्को धक्का रहेको छ ।

फाल्गुन २०, २०८२

कान्तिपुर संवाददाता

Wolves win over Liverpool

काठमाडौँ — इंग्लिस प्रिमियर लिगको पुछारमा रहेको उल्भ्सले मंगलबारको खेलमा लिभरपुललाई २–१ ले पराजित गरेको छ । उल्भ्सको अब १६ अंक भएको छ । लिभरपुलका लागि च्याम्पियन्स लिग छनोटमा यो अर्को धक्का रहेको छ ।

लिभरपुल भने ४८ अंकमा पाँचौं स्थानमा रह्यो । उल्भ्सले रोड्रिगो गोमेसको गोलले अग्रता लिएपछि मोहमद सलाहले बराबरी गोल फर्काएको थियो । यस्तोमा आन्द्रेले इन्ज्युरी समयको चौथो मिनेटमा निर्णायक गोल गरे ।

यो सिजन लिभरपुल ९० मिनेटपछिका गोलबाट पाँच खेलमा पराजित रहेको छ । अन्य खेलमा एभरटनले बर्नलीलाई २–० र सन्डरल्यान्डले लिड्स युनाइटेडलाई १–० ले हरायो । बर्नमाउथ र ब्रेन्टफोर्डका खेल भने गोलरहित बराबरीमा टुंगियो ।

कान्तिपुर

Link copied successfully