गेटाफेसँग रियलको स्तब्धपूर्ण हार

रियल म्याड्रिडले स्पेनी ला लिगामा गेटाफेसँग १–० को हार बेहोरेको छ ।

फाल्गुन १९, २०८२

कान्तिपुर संवाददाता

Real Madrid's shocking defeat to Getafe

काठमाडौँ — रियल म्याड्रिडले स्पेनी ला लिगामा सोमबार गेटाफेको हातबाट घरमै १–० को स्तब्धपूर्ण हार बेहोरेको छ । यस नतिजापछि अल्भारो अलबेलोको रियल लिग तालिकाको शीर्षमा रहेको बार्सिलोनाभन्दा ४ अंकको दुरीमा रह्यो ।

बार्सिलोनाको २६ खेलबाट ६४ अंक छ । रियल भने ६० अंकमै सीमित रह्यो । गेटाफेको जितमा उरुग्वेली फरवार्ड मार्टिन सान्ट्रिनोले ३९ औं मिनेटमा आकर्षक गोल गरे । रियल लिगमा लगातार २ खेलमा पराजित रहेको यो सन् २०२० यता पहिलोपटक हो ।

खेलको अन्त्यमा दुवै टिम १०-१० खेलाडीमा सीमित रहे । पछिल्ला साता रियल ओसासुनाको हातबाट पनि पराजित रहेको थियो । अहिलेको जितले गेटाफे भने ३२ अंकमा ११ औं स्थानमा उक्लेको छ ।

कान्तिपुर

Link copied successfully