यामलको ह्याट्रिकमा बार्सिलोनोको सजिलो जित

यो उनको खेल जीवनको पहिलो तीन गोलको प्रदर्शन हो । यो जितपछि बार्सिलोनाले शीर्ष स्थानमा चार अंकको अग्रता लिएको थियो ।

फाल्गुन १७, २०८२

कान्तिपुर संवाददाता

Yamal's hat trick leads Barcelona to easy win

काठमाडौँ — किशोर खेलाडी लामिन यामलको ह्याट्रिकको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार भिल्लारियललाई ४–१ ले हराएको छ । क्याम्प नुमा यामलले २८, ३७ र ६९ औं मिनेटमा गोल गरे ।

यो उनको खेल जीवनको पहिलो तीन गोलको प्रदर्शन हो । यो जितपछि बार्सिलोनाले शीर्ष स्थानमा चार अंकको अग्रता लिएको थियो । रियल म्याड्रिड ६० अंकमा दोस्रो स्थानमा छ ।

एटलेटिको म्याड्रिडले अर्को खेलमा रियल ओसिएडोलाई १–० ले पराजित गर्‍यो र तेस्रो स्थानमा उक्लियो । बार्सिलोनाको जितमा भने रोबर्ट लेवनडोस्कीले पनि एक गोल गरे र टिमको ६४ अंक भएको छ । एथटलेटिकोको भने ५१ अंक भयो ।

भिल्लारियल ५१ अंकमै चौथो स्थानमा झरेको छ । यस्तै रियल सोसिडाडले भने रियल मार्लोकालाई १–० पन्छायो भने रियल भालेकानो र एथलेटिको बिलबाओले १–१ को बराबरी खेले ।

कान्तिपुर संवाददाता

Link copied successfully