मनाङसँग प्लानिङको बराबरी

दशरथ रंगशालामा भएको खेलमा दुवै टिम निर्णायक आक्रमण बुन्न असफल रहे ।

फाल्गुन १७, २०८२

कान्तिपुर संवाददाता

Planning parity with Manang

काठमाडौँ — मनाङ मर्स्याङ्दीले आइतबार राष्ट्रिय लिग २०८२ मा प्लानिङ ब्वाइजलाई गोलरहित बराबरीमा रोकेको छ । यससँगै प्लानिङले अंक तालिकाको शीर्षमा उक्लने अवसर गुमाएको छ ।

दशरथ रंगशालामा भएको खेलमा दुवै टिम निर्णायक आक्रमण बुन्न असफल रहे । यससँगै एक-एक अंक बाँडे । यो नतिजापछि प्लानिङ नौ खेलबाट १८ अंकमा रह्यो । उसको यो लगातार दोस्रो बराबरी हो र यसले टिमको उपाधि होडमा बाधा पुर्‍याउने छ ।

मनाङको भने नौ खेलबाट नौ अंक भएको छ । आफ्ना पछिल्ला चार खेलमा मनाङको यो तेस्रो बराबरी हो ।

कान्तिपुर

Link copied successfully