राष्ट्रिय लिग : ओकेरेकेको गोलमा एनआरटी विजयी

दशरथ रंगशालामा भएको खेलमा एनआरटीले १० औं मिनेटमा राजीव लोप्चनको गोलले अग्रता लिएको थियो । तर ३७ औं मिनेटमा सनम लिम्बूले आत्मघाती गोल गरेपछि चित्लाङ खेलमा फर्कन सफल रह्यो ।

फाल्गुन १७, २०८२

कान्तिपुर संवाददाता

National League: NRT wins with Okereke's goal

काठमाडौँ — नाइजेरियाली खेलाडी टिमोथी ओकेरेकेले दोस्रो हाफमा गरेको निर्णायक गोलको मद्दतले एनआरटीले राष्ट्रिय लिग २०८२ मा आइतबार चित्लाङलाई २–१ ले हराएको छ । 

दशरथ रंगशालामा भएको खेलमा एनआरटीले १० औं मिनेटमा राजीव लोप्चनको गोलले अग्रता लिएको थियो । तर ३७ औं मिनेटमा सनम लिम्बूले आत्मघाती गोल गरेपछि चित्लाङ खेलमा फर्कन सफल रह्यो । यस्तोमा नाइजेरियाका यू–१७ का पूर्वखेलाडीले ५४ औं मिनेटमा एनआरटीका लागि दोस्रो गोल थपे र यो नै अन्ततः निर्णायक सावित भयो । यो जितपछि एनआरटीको नौ खेलबाट १८ अंक भएको छ ।

लगातार तीन खेल बराबरीमा चित्त बुझाएपछि एनआरटीले यो जित हात पारेको हो । चित्लाङ भने नौ खेलबाट सात अंकमै सीमित रह्यो । उसको यो प्रतियोगितामा चौथो हार हो । 

आफ्नो पहिलो खेल जितेयता चित्लाङ दोस्रो जितका लागि संघर्षरत रहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully