इन्टर उपाधितर्फ उन्मुख

यो जितले इन्टर लिग उपाधि जितर्फ उन्मुख रहेको छ ।

फाल्गुन १७, २०८२

कान्तिपुर संवाददाता

Inter heading towards the title

काठमाडौँ — युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएका पीडालाई बिर्सँदै इन्टर मिलानले इटालीको सिरी ए मा शनिबार जेनोआलाई २–० ले पराजित गरेको छ । यो जितले इन्टर लिग उपाधि जितर्फ उन्मुख रहेको छ ।

सानसिरोमा भएको खेलमा इन्टरका लागि फेडेरिको डिमार्को र हाकन चाल्हानग्लुले एक एक गोल गरे । यो जिवतपछि इन्टरले दोस्रो स्थानमा रहेको एसी मिलानमाथि १३ अंकको ठूलो बढत लिएको छ ।

इन्टरको २७ खेलबाट ६७ अंक भएको छ । मिलान भने ५४ अंकमा छ । त्यस पछाडि नेपोलीको ५३ र एएस रोमाको ५० अंक छ । नेपोलीले अर्को खेलमा भेरोनालाई २–१ ले हरायो ।

कान्तिपुर

Link copied successfully