अस्ट्रेलिया खेलेर आएको फुटसल टोली सम्मानित

तारर्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले अस्ट्रेलियाको गोलकोष्टमा भएको अन्तराष्ट्रिय फुटसल प्रतियोगितमा सहभागी टोलीलाई एक कार्यक्रमबीच सम्मान गरे ।

फाल्गुन १७, २०८२

कान्तिपुर संवाददाता

Futsal team honoured after playing in Australia

काठमाडौँ — एन्जल्स हार्ट नेसनल स्कुल तथा एन्जल्स किड्स मोन्टेश्वरीले आफ्नो फुटसल टोलीलाई सम्मान गरेको छ ।

तारर्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले अस्ट्रेलियाको गोलकोष्टमा भएको अन्तराष्ट्रिय फुटसल प्रतियोगितमा सहभागी टोलीलाई एक कार्यक्रमबीच सम्मान गरे ।

उक्त प्रतियोगितामा सम्पूर्ण थापा, अन्जल ढकाल, दिपेश जुग्जाली पुन, रितिक रिजाल र सौगात थापा क्षेत्रीले यु–१६ उमेरसमूहमा प्रतिस्पर्धा गरेका थिए । सोही अवसरमा अफिसियल दिलबहादुर बुढाथोकी र सुमन तिमल्सिना पनि सम्मानित भए ।

कार्यक्रममा विद्यालयका अध्यक्ष लिलबहादुर पुन, विद्यालयका प्रधानाध्यापक टकबहादुर थापा, काठमाडौं प्याब्सनका उपाध्यक्ष धनबहादुर पुनलगायतको उपस्थित थिए ।

कान्तिपुर

Link copied successfully