सिटी आर्सनलसँग दुई अंकको दूरीमा

एलान रोडमा भएको खेलमा सिटीका लागि निर्णायक गोल एन्टोन सेमेन्योले गरे ।

फाल्गुन १७, २०८२

कान्तिपुर संवाददाता

City two points behind Arsenal

काठमाडौँ — म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार लिड्स युनाइटेडलाई १–० ले हराएको छ र यससँगै आर्सनलसँगको दूरी दुई अंकमा कायम राखेको छ ।

एलान रोडमा भएको खेलमा सिटीका लागि निर्णायक गोल एन्टोन सेमेन्योले गरे । यो जितपछि सिटीको ५९ अंक भएको छ । आर्सनल भने ६१ अंकमा शीर्ष स्थानमा छ । लिभरपुलको भने ४८ अंक भएको छ र पाँचौं स्थानमा छ ।

उसले अर्को खेलमा वेस्ट ह्याम युनाइटेडलाई ५–२ ले पराजित गर्‍यो । यस्तैे एभरटनले न्युकासल युनाइटेडलाई ३–२ र ब्रेन्टफोर्डले बर्नलीलाई ४–३ ले हरायो । बर्नमाउथ र सन्डरल्यान्डले भने १–१ को बराबरी खेले ।

कान्तिपुर संवाददाता

Link copied successfully