दशरथ रंगशालामा भएको खेलमा आर्मी ३–० ले विजयी रह्यो ।
काठमाडौँ — आर्मीले राष्ट्रिय लिग २०८२ मा आइतबार नव जनजागृतिमाथि अपेक्षित जित निकालेको छ, तर यो ठूलो अन्तरको भने रहेन । दशरथ रंगशालामा भएको खेलमा आर्मी ३–० ले विजयी रह्यो ।
कप्तान जर्ज प्रिन्स कार्कीले पेनाल्टीबाट गोल गरेपछि आर्मीले नवौं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि नवयुग श्रेष्ठले ५४ र कुनसाङ लामाले ७५ औं मिनेटमा एक एक गोल थपे ।
चर्च ब्वाइजविरुद्धको खेल गुमाएयता आर्मीको यो लगातार दोस्रो जित हो र उसको आठ खेलबाट १७ अंक भएको छ । नव जनजागृतिको भने यो लगातार आठौं हार हो र टिम शून्य अंकमा पुछारमा रहेको छ ।
