दशरथ रंगशालामा सुजनले ८७ र ८९ औं मिनेटमा दुई गोल गरेपछि इन्ज्युरी समयको चौथो मिनेटमा तेस्रो गोल पनि पूरा गरे ।
काठमाडौँ — श्री भगवतीले शनिबार राष्ट्रिय लिग २०६२ मा काँक्रे विहारमाथि ६–० को सजिलो जित निकालेको छ र यो खेलका नायक रहे, सुजन डंगोल । उनले खेलको अन्त्यतिर आफ्नो सानदार ह्याट्रिक पूरा गरे ।
दशरथ रंगशालामा सुजनले ८७ र ८९ औं मिनेटमा दुई गोल गरेपछि इन्ज्युरी समयको चौथो मिनेटमा तेस्रो गोल पनि पूरा गरे । त्यस अगाडि श्री भगवतीका लागि दिवस उरउ, सुरज गुरुङ र शिशिर लेखीले एक/एक गोल गरेका थिए ।
यो जितपछि श्री भगवतीको ८ खेलबाट ८ अंक भएको छ । उसको यो दोस्रो जित मात्रै हो । काँक्रे विहार भने ८ खेलबाट १ अंकमै सीमित रह्यो र अहिलेसम्म पहिलो जित हात पार्न संघर्षरत रहेको छ ।
