राष्ट्रिय लिग : पुलिस डर्बी बराबरीमा समाप्त

एपीएफले दुइपल्ट अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन, तर ८ खेलबाट २० अंकमा लिग तालिकाको शीर्ष स्थानमा रह्यो ।

फाल्गुन १६, २०८२

कान्तिपुर संवाददाता

National League: Police Derby ends in a draw

काठमाडौँ — राष्ट्रिय लिग २०८२ को शनिबार दशरथ रंगशालामा भएको पुलिस डर्बी रोमाञ्चक बराबरीमा समाप्त भएको छ । पुलिसले एपीएफलाई २–२ को बराबरीमा रहेको हो । एपीएफले दुइपल्ट अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन, तर ८ खेलबाट २० अंकमा लिग तालिकाको शीर्ष स्थानमा रह्यो ।

एपीएफ अहिलेसम्म अपराजित पनि छ । पुलिस भने ८ खेलबाट ८ अंकमै सीमित रह्यो । एपीएफले १० औं मिनेटमा प्रदीप लामाको गोलले अग्रता लिएको थियो । शिशिर चौधरीले २७ औं मिनेटमा बराबरी गोल फर्काए । 

प्रदीपले ६१ औं मिनेटमा एपीएफका लागि दोस्रो गोल गरे र यससँगै टिम दोस्रोपल्ट अगाडि रह्यो ।

ओशेन्द्र कटुवालले ८८ औं मिनेटमा पुलिसका लागि दोस्रो गोल गरे र खेल बराबरी टुंगियो । यसअघि राम्रो प्रदर्शनका लागि संघर्षरत पुलिसले एपीएफ भने आक्रमक भएर प्रस्तुत गरेको थियो । 

पुलिसले पछिल्लो २ खेलमा ४ अंक बटुलेको छ र यो नै यस प्रतियोगितामा पुलिसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो ।

कान्तिपुर

Link copied successfully