मधेशमा स्केटिङ संघ गठन, प्रशिक्षक बराल सम्मानित

स्केटिङका प्रमुख प्रशिक्षक दिलीपराज बराललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्केटिङ खेलको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरियो ।

फाल्गुन १५, २०८२

कान्तिपुर संवाददाता

Skating association formed in Madhesh, coach Baral honored

बर्दिबास — मधेश स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसन तदर्थ समिति भेलाले ९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । शेरबहादुर पुलामीको अध्यक्षतामा रहेको समितिमा उपाध्यक्ष प्रज्वल पौडेल, सचिव सविन माइलो, कोषध्यक्ष रवीन्द्रकुमार महतो तथा सदस्यमा कैलाशकुमार खत्री, लालबहादुर बुढाथोकी, मन्दीपकुमार विष्ट, रमेश बिक र सविताकुमारी मण्डल छन् । दुई सदस्य मनोनयनपछि ११ सदस्यीय समितिले पूर्णता पाउनेछ ।

भेलामा स्केटिङ संघका केन्द्रीय अध्यक्ष अच्युत खनाल, महासचिव सत्य थापा तथा प्रमुख प्रशिक्षक दिलीपराज बराल, मधेश खेलकुद परिषद्का निर्देशकद्वय प्रभुनारायण सिवाकोटी र भरतप्रसाद यादव तथा नेपाल बेसबल एसोसिएसनका अध्यक्ष दीपक न्यौपानेले मधेश प्रदेशमा खेलकुदको विकास र प्रवर्द्धनमा भेला ऐतिहासिक बन्ने विश्वास व्यक्त गरे ।

स्केटिङका प्रमुख प्रशिक्षक दिलीपराज बराललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्केटिङ खेलको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरियो ।

कान्तिपुर संवाददाता

Link copied successfully