चित्लाङलाई हराएपछि संकटालाई राहत

जितमा नायक रहे, रिचर्ड ओनयेमा । उनको ह्याट्रिकमा संकटाले ५ खेलयता पहिलो जित निकालेको हो ।

फाल्गुन १५, २०८२

कान्तिपुर संवाददाता

Relief for Sankata after defeating Chitlang

काठमाडौँ — संकटाले राष्ट्रिय लिग २०८२ मा शुक्रबार राहतपूर्ण जित निकालेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले चित्लाङलाई सजिलै ४–० ले हरायो ।

त्यस जितमा नायक रहे, रिचर्ड ओनयेमा । उनको ह्याट्रिकमा संकटाले ५ खेलयता पहिलो जित निकालेको हो । ओनयेमाले पहिलो मिनेटमै गोलको खाता खोले । त्यसपछि पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेट र ७५ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

यसबीच टाये ड्यानिएलले ३५ औं मिनेटमा एक गोल थपे । संकटाले यी पछिल्ला ५ खेलमा २ अंक मात्र बटुलेको थियो । तर अहिले यसले आठौं चरणमा आएर दोस्रो जित निकालेकोछ ।

उसको अब ९ अंक भएको छ । चित्लाङ भने समान खेलबाट ७ अंकमा सीमित रह्यो । उसले पनि अहिलेसम्म एकै जित मात्र निकाल्न सकेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully