राष्ट्रिय लिग : फ्रेन्ड्ससँग लालीगुराँसको बराबरी

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेल जितेको भए पोखरेली क्लब अंक तालिकाको शीर्षमा जाने थियो । तर अहिले १८ अंकमै रोकियो ।

फाल्गुन १५, २०८२

कान्तिपुर संवाददाता

National League: Laligurans draw with Friends

काठमाडौँ — लालीगुराँस शुक्रबार राष्ट्रिय लिगमा फ्रेन्ड्सको हातबाट १–१ को बराबरीमा रोकिएको छ । यो नतिजा उसका लागि धक्काका रूपमा रहनेछ । 

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेल जितेको भए पोखरेली क्लब अंक तालिकाको शीर्षमा जाने थियो । तर अहिले १८ अंकमै रोकियो । 

अहिलेसम्मका ८ खेलमा लालीगुराँस अपराजित रहेको छ र यसमा ३ खेल बराबरीमा टुंगिएका छन् । फ्रेन्ड्सको भने ८ खेलबाट ६ अंक भएको छ । उसको यो लगातार दोस्रो बराबरी हो ।

लालीगुराँसले सरोज गुरुङको गोलले २६ औं मिनेटमा अग्रता लिएको थियो । तर फ्रेन्ड्सका लागि जेनिश प्रजापतिले ७६ औं मिनेटमा बराबरी गोल फर्काए । खेलको अन्त्यमा लालीगुराँस १० खेलाडीमा सीमित रह्यो । 

दोस्रो हाफको इन्ज्युरी समयमा इस्कन्दर सिद्दिकजोनोभलाई दोहोरो पहेँलो कार्डमा गुमाएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully