बिहीबार भएकाे खेलमा तेजस्वीले मानसिंहलाई २४–२२ स्कोरले पराजित गरेको हाे ।
काठमाडौं — आयोजक तेजस्वी एकेडेमी र काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्सतर्फ फाइनल पुगेका छन् ।
घरेलु कोर्टमा तेजस्वीले मानसिंहलाई २४–२२ स्कोरले पराजित गर्यो । तेजस्वीकी एस्थर बरुवालले ८ स्कोर जोडिन् । अर्को सेमिफाइनलमा केभीकेएसएसले बेलमोन्ट स्कुललाई २२–१४ ले हरायो । विजेताकी मुस्कान मितोकले १२ स्कोर गरिन् ।
ब्वाइजमा ह्वाइट हेभेन र एन्जल्स हार्ट उपाधिका लागि भिड्ने छन् । ह्वाइट हेभेनले हिमालयलाई ५१–३९ ले हरायो । ह्वाइट हेभेनका राहुल सुनारले १५ स्कोर बटुले । संस्कृति शिक्षा सदनविरुद्धको खेलमा एन्जल्स हार्ट ४५–३६ ले विजयी भयो । एन्जल्स हार्टका रुपेश पौडेलले २१ स्कोर गरे ।
