पीएसजीले मोनाकोलाई नकआउट प्ले अफ दोस्रो लेगमा २–२ को बराबरीमा रोक्दै ५–४ को निर्णायक अग्रता लिन सफल रह्यो ।
काठमाडौँ — डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियल म्याड्रिडले बुधबार युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को यात्रा तय गरेका छन् ।
पीएसजीले मोनाकोलाई नकआउट प्ले अफ दोस्रो लेगमा २–२ को बराबरीमा रोक्दै ५–४ को निर्णायक अग्रता लिन सफल रह्यो ।
रियलले भने बेनफिकालाई २–१ ले हराएर समग्रमा ३–१ को निर्णायक अग्रता लिएको हो । बर्नाबाउमा भएको दोस्रो लेगको खेलमा रियलका लागि भिनिसियस जुनियरले ८० औं मिनेटमा निर्णायक गोल गरे ।
युभेन्ट्सले गालातासारेलाई ३–२ ले पराजित गरे पनि त्यो अर्को चरण पुग्न पर्याप्त रहेन् । गालातासारे समग्रमा ३–२ ले अगाडि रह्यो । एटलान्टाले भने बोरुसिया डर्टमुन्डलाई ४–१ ले हराएर सनसनीपूर्ण पुर्नआगमन रच्यो र समग्रमा दुई खेलको टाई ४–३ ले जित्यो ।
यससँगै प्रतियोगिताको अन्तिम १६ पुग्ने सबै टिमको टुंगो लागेको छ र अब शुक्रबार त्यसको ड्र निकालिनेछ ।
