अवार्ड कार्यक्रम बनेपा नगरपालिकाको चण्डेश्वरी मन्दिर परिसरमा हुने एनएनआईपीएका महासचिव शिवसुन्दर गोथेले जनाएका छन् ।
काठमाडौं — नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले २०औं एनएनआईपीए स्पोर्ट्स अवार्ड २० चैतमा गर्ने भएको छ । अवार्ड कार्यक्रम बनेपा नगरपालिकाको चण्डेश्वरी मन्दिर परिसरमा हुने एनएनआईपीएका महासचिव शिवसुन्दर गोथेले जनाएका छन् । उनका अनुसार काठमाडौं उपत्यकाबाहिर पहिलोपटक अवार्ड कार्यक्रम हुन लागेको हो ।
गत वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अफिसियल बृहत खेलकुद प्रतियोगिताहरू नभएको हुँदा यसवर्ष नेपाल ओलम्पिक कमिटीबाट आधिकारिकताप्राप्त २७ खेललाई आधार मानेर सम्बन्धित संघले सिफारिस गरेका खेलाडीलाई वर्षको उत्कृष्ट खेलाडी २०८१ बाट सम्मान गरिने विज्ञप्तिमा उल्लेख छ ।
त्यसमध्येबाट १–१ पुरुष/महिला सर्वोत्कृष्ट खेलाडी र प्रतिभाशाली खेलाडीलाई सम्मान गरिनेछ । एक पाका खेल व्यक्तित्वलाई गजराज जोशी आदर्श खेल व्यक्तित्व, एक खेल पत्रकारलाई एनएनआईपीए खेल पत्रकारिता पुरस्कार तथा एक वर्ष उत्कृष्ट पारा खेलाडीलाई सम्मान गरिने छ ।
