भारत र वेस्ट इन्डिजबीच हुने अन्तिम खेलको विजेताले ग्रुप वानबाट सेमिफाइनलमा स्थान बनाउने छ । यी दुई टोलीको समान २ अंक छ । जिम्बावे लगातार दोस्रो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ ।
चेन्नई — ओपनर अभिषेक शर्मा र हार्दिक पाण्ड्याको आक्रामक अर्धशतकमा भारतले बिहीबार दोस्रो खेलमा ट्वान्टी–२० विश्वकपमा कीर्तिमानी स्कोर बनाएर जिम्बावेमाथि ७२ रनको विजय हात पार्यो । यस जितले भारतको सेमिफाइनल पुग्ने आशालाई ब्युँत्याएको छ ।
भारत र वेस्ट इन्डिजबीच हुने अन्तिम खेलको विजेताले ग्रुप वानबाट सेमिफाइनलमा स्थान बनाउने छ । यी दुई टोलीको समान २ अंक छ । जिम्बावे लगातार दोस्रो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ ।
चेपकमा टस हारेपछि ब्याटिङ निम्तो पाएको घरेलु टोली भारतले ४ विकेट गुमाई २ सय ५४ रन बनाएको थियो । वेस्ट इन्डिजले सोमबार जिम्बावेविरुद्ध २५४–६ को स्कोर बनाएको थियो । यो स्कोर ट्वान्टी–२० विश्वकपको दोस्रो उच्च स्कोर हो । श्रीलंकाले २००७ को विश्वकपमा यसअघि ६ विकेट गुमाई २ सय ६० रन बनाएको थियो ।
यस प्रतियोगिताको ४ खेलमा ३ पटक शून्यमा आउट भएका देव्रेहाते ब्याटर अभिषेकले ३० बलमा ५५ रन बनाए । उनले समान ४ चौका र छक्का प्रहार गरे । अभिषेकले सञ्जु सामसनसँग पहिलो विकेटमा ४८ र इशान किशनसँग दोस्रो विकेटमा ७२ रनको साझेदारी गरे । सामसनले १५ बलमा १ चौका र २ छक्कासहित २४ तथा किशनले २४ बलमा ४ चौका र १ छक्कासहित ३८ रन बनाए ।
हार्दिक २३ बलमा ५० रन बनाई अविजित रहे । हार्दिक र तिलक बर्माले ३१ बलमा अविजित ८४ रनको साझेदारी गरे । हार्दिकले २३ बलमा २ चौका र ४ छक्का प्रहार गरे । तिलक १६ बलमा ४४ रन बनाई अविजित रहे । उनले ३ चौका र ४ छक्का प्रहार गरे ।
ब्रायन बेनेटले अविजित ९७ रन बनाए पनि जबाफमा आएको जिम्बावेले ६ विकेट गुमाई १ सय ८४ रनमात्र बनाउन सक्यो । बेनेटले ५९ बल खेलि ८ चौका र ६ छक्का प्रहार गरे । कप्तान सिकन्दर राजाले २१ बल खेलि समान २ चौका र छक्काका साथ ३१ तथा टाडिवानासे मारुमानीले २० रन जोडे ।
भारतका अर्शदिप सिंहले ३ विकेट लिए । उनले ४ ओभरमा २४ रनमात्र खर्चेका थिए । वरुण चक्रवर्ती, अक्षर पटेल र शिवम दुबेले १–१ विकेट लिए ।
