आयोजक लिटिल एन्जल्स उपाधि नजिक

एलए ‘रातो’ ले स्वस्तिश्री गुरुकुललाई २–० र एलए ‘नीलो’ ले कान्जिरोवालाई १–० गोलले पराजित गरे ।

फाल्गुन १४, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — आयोजक लिटिल एन्जल्स (एलए) को ‘रातो’ र ‘नीलो’ दुवै टोली पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटसलमा बिहीबार फाइनलमा पुगेका छन् ।

एलए ‘रातो’ ले स्वस्तिश्री गुरुकुललाई २–० र एलए ‘नीलो’ ले कान्जिरोवालाई १–० गोलले पराजित गरे ।

बास्केटबलमा पुष्पसदन दोहोरो उपाधि नजिक पुगेको छ । ब्वाइजमा पुष्पसदनले एलए र गर्ल्समा पुष्पसदनले ज्ञानोदयसँग उपाधिका लागि खेल्ने छ ।

टेबलटेनिसतर्फ यू–१३ सिंगल्सको ब्वाइजमा रिभानमुनि वज्राचार्य र गर्ल्समा आरम्भ संस्कार विद्यालयकी यमिला श्रेष्ठ, मिक्स डबल्समा आरम्भका निश्चल थापा र प्राज्ना महर्जनको जोडी, टिम इभेन्टको ब्वाइजमा डिएभी र गर्ल्समा आरम्भ तथा यू–१६ गर्ल्स सिंगल्समा एलएकी पमिला जोशीले स्वर्ण जिते ।

कान्तिपुर

Link copied successfully