ब्वाइजमा सभ्यजंग कार्की, विश्वविशेष डल्लाकोटी र अर्यांशराज पौडेल तथा गर्ल्समा सारा पन्त, एरा खत्री र स्वराह थापाले भाग लिनेछन् । प्रशिक्षकमा कुमार अधिकारी छन् ।
काठमाडौँ — वर्ल्ड जुनियर टेनिस कम्पिटिसन प्रिक्वालिफाइङ (डब्लूजेटीसी) मा नेपालका ६ खेलाडीले भाग लिने छन् । यू–१४ उमेर समूहको प्रतियोगिता भियतनाममा हुनेछ ।
ब्वाइजमा सभ्यजंग कार्की, विश्वविशेष डल्लाकोटी र अर्यांशराज पौडेल तथा गर्ल्समा सारा पन्त, एरा खत्री र स्वराह थापाले भाग लिनेछन् । प्रशिक्षकमा कुमार अधिकारी छन् ।
गर्ल्सको प्रतियोगिता मार्च २ देखि ७ सम्म हुनेछ । नेपाली टोली टोली शुक्रबार जानेछ । ब्वाइजको प्रतिस्पर्धा मार्च ९ देखि १४ सम्म हुनेछ । ब्वाइज टोली मार्च ६ तारिख जानेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बिहीबार बिदाइ गरे ।