आर्मी फेरि जितको बाटोमा

आजको जितपछि आर्मीको ७ खेलबाट १४ अंक भएको छ । जावालखेल भने ७ खेलबाट ९ अंकमा सीमित रह्यो ।

फाल्गुन १४, २०८२

कान्तिपुर संवाददाता

काठमाडौं — दशरथ रंगशालामा जारी राष्ट्रिय लिग २०८२ मा बिहीबार आर्मीले जावलाखेललाई २–० ले हराएको छ । पछिल्लो खेलमा आर्मी चर्च ब्वाइजसँग पराजित भएको थियो र यसले उसको उपाधि सपना कमजोर बनेको थियो ।

आर्मीको अहिलेको जितमा दुवै गोल जिलेप्सीजंग कार्कीले गरेका थिए । उनले ४४औं मिनेटमा गोलको खाता खोले र ८०औं मिनेटमा दोस्रो गोल थपे । खेलको अन्त्यतिर आर्मी १० खेलाडीमा सीमित रहेको थियो । दोहोरो पहेँलो कार्डमा विक्रम तामाङ मैदान छाड्न बाध्य रहे ।

यो जितपछि आर्मीको ७ खेलबाट १४ अंक भएको छ । जावालखेल भने ७ खेलबाट ९ अंकमा सीमित रह्यो । यसअघिका आफ्ना २ खेल जितेर लयमा देखिएको जावलाखेलले यस्तै खेल आर्मीविरुद्ध भने दोहराउन सकेन् ।

कान्तिपुर संवाददाता

Link copied successfully