प्लानिङ ब्वाइज र एनआरटीबीच बराबरी

दशरथ रंगशालामा भएको खेलमा प्रताप राईको गोलमा प्लानिङ ब्वाइजले ४१औं मिनेटमा अग्रता लिएको थियो ।

फाल्गुन १४, २०८२

कान्तिपुर संवाददाता

A draw between the Planning Boys and NRT

काठमाडौं — प्लानिङ ब्वाइज र एनआरटीबीच राष्ट्रिय लिग २०८२ को बिहीबार भएको खेल १–१ को बराबरीमा टुंगेको छ । दशरथ रंगशालामा भएको खेलमा प्रताप राईको गोलमा प्लानिङ ब्वाइजले ४१औं मिनेटमा अग्रता लिएको थियो ।

तर, त्यसलाई लामो समय पनि टिकाउन सकेन् । पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा टिमोथी चिमेरीले एनआरटीका लागि बराबरी गोल फर्काए । थप समय निर्णायक आक्रमण दुवै पक्षबाट भएन् र उनीहरूले एक एक अंकमा चित्त बुझाए ।

यो बराबरीले प्लानिङ ब्वाइजको ८ खेलबाट १७ अंक भएको छ । एनआरटीको भने समान ८ खेलबाट १५ अंक भएको छ । एनआरटीको यो लगातार तेस्रो बराबरी पनि हो ।

कान्तिपुर

Link copied successfully