साम्बाले उपचारका लागि किन रोजिन् कतारकै एस्पेटार ?

फ्रान्सेली फुटबल स्टार केयलिन एम्बापले भनेका छन्, एस्पेटारमा जतिको सुविधा र विश्वसनीय उपचार अन्यत्र कतै हुन्न । यहाँ लियोनल मेसी पनि उपचारका लागि पुगिसकेका छन् । यी सबै कारणले गर्दा यहाँको उपचार आफैंमा महँगो भए पनि भरपर्दो छ । 

फाल्गुन १३, २०८२

कान्तिपुर संवाददाता

Why did Samba choose Aspetar in Qatar for treatment?

What you should know

काठमाडौँ — सावित्रा भण्डारी ‘साम्बा’ को सामाजिक सञ्जालमा एउटा पोस्ट नै नेपाली फुटबलमा तहल्का मच्चाउन पर्याप्त रह्यो । नेपाली फुटबलले मात्र यसमा चासो देखाएको थिएन, पूरा देश नै यस विषयसँग जोडियो । नेपाली फुटबलमा सबैभन्दा सफल खेलाडीमा पर्छिन्, साम्बा ।

सर्वकालीन उत्कृष्ट खेलाडीको शीर्षमै उनको नाम आउँछ । उनी अहिले घाइते छिन् र उपचाररत छिन् । आफ्नै चोट र त्यससँग जोडिएको उपचारलाई लिएर उनले आफ्नो फेसबुकमा लेखेपछि सबैको त्यसतर्फ ध्यान गएको हो । उनले चोटग्रस्ट घुँडाको शल्यक्रियाका लागि सहयोग गर्न अपिल गरेकी थिइन् । त्यसको एक दिन पूरा हुन नपाउँदै चाहिँदो आर्थिक सहयोग पनि भइसकेको छ । पूरा घटनाक्रम के हो त ? यसबारे पाँच प्रश्नोत्तरको माध्यमबाट बुझौं ।

साम्बा कहिले र कहाँ घाइते भएकी हुन् ?

साम्बाले पछिल्लो पटक खेलेको भनेको अस्ट्रेलियाको महिला फुटबल लिगमा हो । उनले त्यसमा न्युजिल्यान्डको वेलिङ्टन फोनेस्कको प्रतिनिधित्व गरेर खेलेकी हुन् । साम्बाले जति समय अस्ट्रेलियामा खेलिन्, खुबै लोकप्रिय पनि सावित भइन् ।

Why did Samba choose Aspetar in Qatar for treatment?

तर ब्रिसबेन रोअरविरुद्धको खेलमा उनको एसीएल च्याटिएको हो । साम्बाले लेखेकी छिन्, ‘मेरो घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसीएल दुवैमा गम्भीर चोट लागेको छ । यसका लागि मैले पुनः जटिल शल्यक्रिया गर्नु पर्नेछ ।’ त्यो खेल लिगको ११औं चरणको खेल थियो र यो जनवरी ३ मा भएको प्रतिस्पर्धा थियो ।

के साम्बा यसअघि पनि घाइते भएकी थिइन् ?

साम्बा यसअघि गम्भीर रूपमा ०७८ मा घाइते भएकी थिइन्, एपीएफका लागि पुलिसविरुद्धको खेलमा । त्यो महिला लिगको खेल थियो । त्यसमा उनलाई एसीएल इन्ज्युरी भएको थियो । त्यसपछि उनले सन् २०२१ मै कतारको अस्पेटारमा उपचार गरेकी थिइन् र निको भएर सन् २०२२ को फेब्रवरीमै मैदानमा फर्केकी थिइन् । त्यस अर्थमा साम्बा अहिले दोस्रो पल्ट गम्भीर रूपमा घाइते भएकी हुन् ।

एस्पेटार नै किन ?

साम्बासामु चोटग्रस्त घुँडाको उपचारका लागि विभिन्न विकल्प थियो । त्यसमध्ये सबैभन्दा पहिलो विकल्प न्युजिल्यान्डमै उपचार थियो । यसका लागि उनको क्लब पनि तयार थियो । फुटबलको नियम अनुसार क्लबका लागि फुटबल खेल्ने क्रममा घाइते हुँडा त्यसको उपचार क्लबले नै गर्नु पर्छ ।

Why did Samba choose Aspetar in Qatar for treatment?तर साम्बाले एस्पेटार नै रोजिन् र यसको एक मात्र कारण हो, यो विश्वस्तरीय छ र यसमै हुने उपचारमा उनलाई विश्वास छ । अहिले दोस्रो पल्ट साम्बा जसरी घाइते भएकी छिन्, त्यो स्थितिमा खेलाडीलाई चोटबाट मुक्त भएर मैदानमा फर्कन गाह्रै हुन्छ । त्यस अर्थमा पनि साम्बा एस्पेटारमै जान चाहन्छिन् ।

एस्पेटार किन यति चर्चित छ त ?

युरोप र दक्षिण अमेरिका विश्व फुटबलमा सबैभन्दा बढी सफल रहेको छ, तर घाइते फुटबलको उपचारमा भने कतार अगाडि छ, त्यहाँको अस्पेटारका लागि । अन्तर्राष्ट्रिय मिडियाका अनुसार त्यहाँ विश्वस्तरीय सुविधा उपलब्ध छ, जुन युरोपमा पनि छैन् । त्यसैले युरोपमा खेल्ने ठूला स्टारले पनि आफू चोटग्रस्त हुने बेला कतार गएर उपचार गर्नु ठीक मान्छन् । 

नेपालकै केही चिकित्सक र फिजियोथेरापिस्टले अस्पेटारमा गएर प्रशिक्षण लिने मौका पाएका छन् । उनीहरू पनि के मान्छन् भने त्यहाँ उपलब्ध सुविधा वास्तवमै अविश्वसनीय छ । फ्रान्सेली फुटबल स्टार केयलिन एम्बापले भनेका छन्, यहाँ जतिको सुविधा र विश्वसनीय उपचार अन्यत्र कतै हुन्न । यहाँ लियोनल मेसी, एन्जन डी मारिया, नेयमार, याया टुरेलगायत पनि उपचारका लागि पुगिसकेका छन् । यी सबै कारणले गर्दा यहाँको उपचार आफैंमा महँगो भए पनि भरपर्दो छ ।

एस्पेटारको सुविधाका बारेका बीबीसीले यस्तो लेखेको छ, 'यदि नासासँग यसको मिसन कन्ट्रोल सेन्टर ह्युस्टन, टेक्सासमा छ भने, खेलकुद चिकित्साको संसारसँग आफ्नो एस्पेटार छ।

के यो सबै घटनाक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) चुकेकै हो त ?

धेरै हदसम्म । त्यसो त साम्बा क्लबका लागि खेल्ने क्रममा घाइते भएकी हुन्, त्यसैले त्यसको जिम्मेवारी क्लबकै हो । तर यति भन्दाभन्दै एन्फा चुप लागेर आफ्नो जिम्मेवारीबाट पन्छिने स्थिति थिएन् । फेरि आफ्नो उपचारका लागि साम्बाले एन्फासँग कुराकानी पनि गरेको थियो, तर एन्फाले वेवास्ता गरेकै हो । साम्बाकै भनाइमा एन्फाले आफ्नो उपचारका लागि खासै ध्यान नै दिएन् ।

Why did Samba choose Aspetar in Qatar for treatment?जति बेला एन्फा र कतारको फुटबल संघबीच राम्रो सम्बन्ध थियो, साम्बासँगै केही खेलाडीले एस्पेटार गएर उपचार गराएकै थिए । यति बेला एन्फा आफ्नो घरेलु राजनीतिमा बढी ब्यस्त छ र उसको कूटनीतिक सम्बन्ध कमजोर बनेको छ । साम्बाले आफू घाइते भएको जानकारी दिएलगत्तै एन्फाले आफूले सक्दो गर्न सक्थ्यो, तर त्यही काम गरेन् । त्यस अर्थमा पनि एन्फाको चर्को आलोचना स्वभाविक पनि रहेको छ ।

कान्तिपुर

Link copied successfully