घरेलु मैदानमा एलए ‘ए’ ले जेम्सलाई १२–० को गोल अन्तरले पराजित गर्यो ।
काठमाडौँ — आयोजक लिटिल एन्जल्स (एलए) ‘ए’ र लोयल्टी एकेडेमी पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज फुटबलमा फाइनल पुगेका छन् ।
घरेलु मैदानमा एलए ‘ए’ ले जेम्सलाई १२–० को गोल अन्तरले पराजित गर्यो । लोयल्टीले एलए ‘बी’ ४–२ गोलले हरायो । ब्वाइज फुटसलमा स्वस्तिश्री गुरुकुल र कान्जिरोवा सेमिफाइनलमा पुगेका छन् ।
टेबलटेनिसको यू–१३ ब्वाइज सिंगल्समा डीएभीका रिभान वज्राचार्य तथा गोल्डेन सिद्धार्थका मिराज तामाङले फाइनल सुरक्षित गरे । गर्ल्स टिम इभेन्टमा एलए, प्रज्ञा, जेम्स र आरम्भले सेमिफाइनलमा स्थान बनाए ।
यू–१६ ब्वाइज सिंगल्समा आरम्भका निश्चल थापा, एलएका अर्पित केडिया, डीएभीका निर्भाना, युनाइटेडका प्रिन्स सुवेदी, एलएका नियोन महर्जन, युनाइटेडका संस्कार श्रेष्ठ, सृष्टिका आर्नड श्रेष्ठ र जेम्सका रितिश राजभण्डारीले क्वाटरफाइनल यात्रा तय गरे ।
बास्केटबलमा पुष्पसदनले दोहोरो जित निकाल्यो । गर्ल्समा पुष्पसदनले एलएलाई ७–४ र ब्वाइजमा पुष्पसदनले आईएमएसलाई ३६–९ स्कोरले पराजित गरे । ब्वाइजको अन्य खेलमा ज्ञानोदयले एलआरआईलाई २२–५ तथा एलएले आईएमएसलाई २८–१६ ले हराए ।
