बोडोसँग हारेपछि इन्टर स्तब्ध

गत वर्षको उपविजेता इन्टरमाथि प्लेअफ दोस्रो लेगमा प्राप्त यो जितपछि नर्वेली क्लब बोडोले समग्रमा ५–२ को अग्रता लिएको छ ।

फाल्गुन १३, २०८२

कान्तिपुर संवाददाता

Inter shocked after losing to Bodo

काठमाडौँ — नर्वेको बोडो/गिल्म्टले युरोपेली च्याम्पियन्स लिग इतिहासकै एउटा स्तब्धपूर्ण नतिजा निकाल्ने क्रममा मंगलबार इन्टर मिलानलाई सानसिरोमा २–१ ले हराएको छ र प्रतियोगिता अन्तिम १६ मा प्रवेश गरेको छ ।

गत वर्षको उपविजेता इन्टरमाथि प्लेअफ दोस्रो लेगमा प्राप्त यो जितपछि नर्वेली क्लब बोडोले समग्रमा ५–२ को अग्रता लिएको छ । यस्तै न्युकासल युनाइटेड, एटलेटिको म्याड्रिड र बायर लेभरकुजन पनि अन्तिम १६ मा पुगेका छन् ।

बोडोको पछिल्लो जितमा जेन्स पिटर हग र हाकोन इभजेनले एक एक गोल गरे । इन्टरका तर्फबाट एलेसान्ड्रो बास्टोनीले एक गोल फर्काए, तर त्यो पर्याप्त रहेन् । एटलेटिकोले भने क्लब ब्रुगलाई ४–१ ले हरायो र समग्रमा ७–४ ले अगाडि रह्यो ।

यस्तै न्युकासलले कोराबागलाई ३–२ ले हराएर समग्रमा ९–३ को ठूलो अन्तरले अगाडि रहन सफल रह्यो । लेभरकुजनले भने ओलम्पियाकोजसँग गोलरहित बराबरी खेल्दै २–० को निर्णायक अग्रता लियो ।

कान्तिपुर संवाददाता

Link copied successfully