आयोजक तेजस्वी एकेडेमीको कोर्टमा हिमालयले तेजस्वीलाई ५०–४४ स्कोरले पराजित गर्यो ।
काठमाडौँ — हिमालय र संस्कृति शिक्षासदन प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सेमिफाइनलमा पुगेका छन् ।
आयोजक तेजस्वी एकेडेमीको कोर्टमा हिमालयले तेजस्वीलाई ५०–४४ स्कोरले पराजित गर्यो । हिमालयका अरुण कार्कीले २८ स्कोर गरे । रोमन गुरुङको २९ स्कोरमा संस्कृतिले गुरुकुललाई ४१–३० ले हरायो ।
ह्वाइट हेभेन र एन्जल्स हार्टले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । ह्वाइट हेभेनले सेबलाई ५६–४४ ले हरायो । हेभेनका विवेश बर्देवाले १४ स्कोर जोडे । एन्जल्स हार्टले रिलायन्सलाई ४९–३६ ले पन्छायो । हार्टका रुपेश पौडेलले १६ स्कोर गरे ।
सेमिफाइनलमा एन्जल्स हार्टको भेट संस्कृतिसँग हुनेछ भने ह्वाइट हेभेनले हिमालयविरुद्ध खेल्नेछ । गर्ल्समा यसअघि नै सेमिफाइनल समीकरण तयार भइसकेको छ । सेमिफाइनलमा तेजस्वी र मानसिंह तथा काठमाडौं विद्याकुञ्ज सेकेन्डरी र बेलमोन्टबीच प्रतिस्पर्धा हुनेछ ।
