बास्केटबलमा केभीकेएसएस र तेजस्वीलाई सफलता

गर्ल्सतर्फ मंगलबार समूह ‘बी’ मा केभीकेएसएसले मानसिंहलाई २१–१४ स्कोरले पराजित गर्दै समूह विजेता बन्यो । विजेताकी खुशी मितोकले ९ अंक गरिन् । मानसिंह पनि समूह उपविजेता भएर सेमिफाइनल पुग्न सफल भयो ।

फाल्गुन १२, २०८२

कान्तिपुर संवाददाता

Success for KVKSS and Tejashwi in basketball

काठमाडौँ — काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) र आयोजक तेजस्वी एकेडेमी प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

गर्ल्सतर्फ मंगलबार समूह ‘बी’ मा केभीकेएसएसले मानसिंहलाई २१–१४ स्कोरले पराजित गर्दै समूह विजेता बन्यो । विजेताकी खुशी मितोकले ९ अंक गरिन् । मानसिंह पनि समूह उपविजेता भएर सेमिफाइनल पुग्न सफल भयो ।

एस्टर बरुवालको १० स्कोरमा तेजस्वीले बेलमोन्टलाई २२–२० ले हरायो । जितसँगै तेजस्वी समूह ‘ए’ को विजेता भयो । बेलमोन्ट पनि समूह उपविजेता भएर सेमिफाइनलमा पुग्यो ।

ब्वाइजमा हिमालयले रोजमेरीलाई ३६–२५, ह्वाइट हेभेनले रिलायन्सलाई २५–१७, एन्जल्स हार्टले सेबलाई ५६–४५ र गुरुकुलले बालकुञ्जलाई ३९–२९ ले हराएर क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । हिमालयका अरुण कार्कीले १७, ह्वाइट हेभेनका नीरज थापाले ८, एन्जल्स हार्टका मुकेश पुनले ३२ र गुरुकुलका आदर्श तामाङले १९ स्कोर गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully