ज्ञानोदयसँग आयोजक लिटिल एन्जल्स पराजित

बास्केटबलको गर्ल्समा ज्ञानोदयले एलएलाई २०–१० र ब्वाइजमा पुष्पसदनले एलएलाई ३७–२३ स्कोरले हराए ।

फाल्गुन १२, २०८२

कान्तिपुर संवाददाता

Gyanodaya defeats hosts Little Angels

काठमाडौँ — लोयल्टी एकेडेमी र आयोजक लिटिल एन्जल्स (एलए) ‘ए’ ले पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपमा जित पाएको छ ।

फुटबलतर्फ लोयल्टीले ज्ञानोदयलाई १–० र एलए ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ६–१ गोलले पराजित गरे ।

बास्केटबलको गर्ल्समा ज्ञानोदयले एलएलाई २०–१० र ब्वाइजमा पुष्पसदनले एलएलाई ३७–२३ स्कोरले हराए ।

यू–१२ ब्वाइज फुटसलमा एलए ‘ए’ ले एलआरआईलाई ९–०, कान्जिरोवाले भीएस निकेतनलाई १–०, एलए डे बोर्डिङले एलआरआईलाई ६–०, एलए ‘ए’ कान्जिरोवालाई ७–०, भीएस निकेतनले एलआरआईलाई २–०, एलए ‘ए’ ले एलए डे बोर्डिङलाई ४–०, कान्जिरोवाले एलआरआईलाई २–०, एलए ‘ए’ भीएस निकेतनलाई १–० र कान्जिरोवाले एलए डे बोर्डिङलाई ४–१ गोलले हराएका थिए ।

कान्तिपुर

Link copied successfully