सातदोबाटाको एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टिम निर्णायक आक्रमण गर्न चुके र नतिजा दुवै टिमका लागि निराशाजनक बराबरी रह्यो ।
काठमाडौँ — फ्रेन्ड्स र चित्लाङले राष्ट्रिय लिग २०८२ को मंगलबार भएको खेलमा गोलरहित बराबरी खेलेका छन् । सातदोबाटाको एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टिम निर्णायक आक्रमण गर्न चुके र नतिजा दुवै टिमका लागि निराशाजनक बराबरी रह्यो ।
यो नतिजापछि चित्लाङको ७ खेलबाट ७ नै अंक भएको छ । उसको यो लगातार तेस्रो बराबरी हो । आफ्नो पहिलो खेल जितेयता चित्लाङ त्यसपछिका ६ खेलमध्ये कुनैमा पनि विजयी रहेको छैन ।
फ्रेन्ड्सको भने ७ खेलबाट ५ अंक भएको छ । लगातार ३ खेलको हारपछि फ्रेन्ड्स पहिलो १ अंक बटुलेको हो ।
