र्च ब्वाइजका लागि रोहन कार्कीले ६४ औं मिनेटमा निर्णायक गोल गरे ।
काठमाडौँ — चर्च ब्वाइजले राष्ट्रिय लिग २०८२ को मंगलबार भएको तनावपूर्ण खेलमा आर्मीलाई २–१ ले पराजित गरेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजका लागि रोहन कार्कीले ६४ औं मिनेटमा निर्णायक गोल गरे ।
त्यस अगाडि चर्च ब्वाइजले अबायोमी फाकुन्लेको गोलले ३२ औं मिनेटमा अग्रता लिएको थियो । आर्मीले ४७ औं मिनेटमा बराबरी गोल फर्काएको थियो र नवयुग श्रेष्ठको नाममा रह्यो । चर्च ब्वाइजका सहायक प्रशिक्षक रमेश दंगालसँगै व्यवस्थापक जनरञ्जन देवकोटालाई रातो कार्ड देखाइएको थियो ।
यो नतिजाले चर्च ब्वाइजको उपाधि जित्ने सम्भावना जीवन्त रह्यो । लगातार चौथो जितपछि उसको १३ अंक भएको छ । यसको ठीकविपरीत आर्मीको सम्भावना भने कमजोर बनेको छ । प्रतियोगितामा आर्मीको यो पहिलो हार हो । आर्मी ११ अंकमै सीमित रह्यो ।
