नेपाली राष्ट्रिय महिला टिमकी कप्तान सावित्रा भण्डारी कृषि विकास बैंककी ब्रान्ड एम्बासडर पनि हुन् ।
काठमाडौँ — कृषि विकास बैंक लिमिटेडले नेपाली राष्ट्रिय महिला टिमकी कप्तान सावित्रा भण्डारीको उपचारमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
सावित्रा कृषि विकास बैंककी ब्रान्ड एम्बासडर पनि हुन् । उनको घुँडाको जटिल शल्यक्रिया र पुनर्स्थापनाका लागि सहयोग रकम प्रदान गरिएको मंगलबार बैंकले जनाएको छ ।
नेपालको जर्सीसहित सावित्रालाई पुनः मैदानमा देख्न पाइने आशा बैंकको छ ।
