घरेलु कोर्टमा तेजस्वीले बालकुञ्जलाई ३०–२० ले पराजित गर्यो ।
काठमाडौँ — आयोजक तेजस्वी एकेडेमी प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार क्वाटरफाइनलमा पुगेको छ । तेजस्वी समूह ‘डी’ को विजेता भएर अगाडि बढ्यो ।
घरेलु कोर्टमा तेजस्वीले बालकुञ्जलाई ३०–२० ले पराजित गर्यो । तेजस्वीका प्रज्वल कँडेलले ११ स्कोर जोडे । संस्कृति शिक्षालय पनि हिमालयलाई ३९–२९ ले हराएर क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रह्यो । संस्कृतिका रमन गुरुङले २२ स्कोर गरे ।
ब्वाइजमै एन्जल्स हार्टले ल्यान्डमार्क एकेडेमीलाई ४८–३९ ले र रिलायन्स पब्लिकले सिद्धार्थलाई ३३–२१ ले हराए । एन्जल्स हार्टका रुपेश पौडेलले १६ र रिलायन्सका आभूषण घिमिरेले १५ स्कोर बटुले ।
गर्ल्समा मानसिंहले ल्यान्डमार्कलाई २६–२२, बेलमोन्टले संस्कृति शिक्षालयलाई २३–१५ र तेजस्वीले एन्जल्स हार्ट नेसनल स्कुललाई २२–१६ स्कोरले हराए । मानसिंहकी देविका बोगटीले ९, बेलमोन्टकी ब्रिटिना गुरुङले १० र तेजस्वीकी एस्टर बरुवालले ११ स्कोर जोडे । मानसिंह, बेलमोन्ट र तेजस्वीको लगातार दोस्रो जित हो ।
