केबेको ह्याट्रिकमा प्लानिङ ब्वाइजको जित

प्लानिङको यो लगातार चौथो जित हो । संकटा भने ७ खेलबाट ६ अंकमै सीमित रह्यो ।

फाल्गुन ११, २०८२

कान्तिपुर संवाददाता

Planning Boys win on Kebe's hat trick

काठमाडौँ — फ्रान्सेली फरवार्ड पापा इबु केबेको ह्याट्रिकको मद्दतले प्लानिङ ब्वाइजले सोमबार संकटालाई राष्ट्रिय लिग २०८२ मा सजिलै ४–० ले पराजित गरेको छ । यो जितले प्लानिङको ७ खेलबाट १६ अंक भएको छ ।

प्लानिङको यो लगातार चौथो जित हो । संकटा भने ७ खेलबाट ६ अंकमै सीमित रह्यो । संकटाले आफ्ना पछिल्ला ५ खेलमा २ अंक मात्रै जोड्न सकेको छ ।

सातदोबाटोमा भएको खेलमा केबेले १९, ८२ र ९० औं मिनेटमा गोल गरे । त्यसबीच श्यामु मुर्मुले ९० औं मिनेटमा एक गोल गरे ।

कान्तिपुर

Link copied successfully