काष्ठमण्डपलाई छात्र फुटसल उपाधि

सोमबार भएको फाइनलमा काष्ठमण्डप ‘ए’ ले एआईटीएमलाई २–० गोलले पराजित गर्‍यो । दुवै गोल प्रशान्त मेन्याङ्बो लिम्बूले गरे ।

फाल्गुन ११, २०८२

कान्तिपुर संवाददाता

Kasthamandap wins student futsal title

काठमाडौँ — आयोजक काष्ठमण्डप ‘ए’ ले काष्ठमण्डप छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा काष्ठमण्डप ‘ए’ ले एआईटीएमलाई २–० गोलले पराजित गर्‍यो । दुवै गोल प्रशान्त मेन्याङ्बो लिम्बूले गरे ।

सोमबारै सेमिफाइनलमा काष्ठमण्डप ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ३–० र एआईटीएमले द सेलिब्रेसन को–एडलाई २–१ गोलले हराएर उपाधि भिडन्त पक्का गरेका थिए ।

तेस्रो स्थानको खेलमा सेलिब्रेसनले काष्ठमण्डप ‘बी’ लाई ३–१ गोलले पन्छायो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, २५ हजार र १५ हजार पुरस्कार प्राप्त गरे ।‍

काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीका अनुसार फाइनलमा दुई गोल गरेका प्रशान्त उत्कृष्ट खेलाडी र प्रभात देवकोटा उत्कृष्ट गोलरक्षक घोषित भए । दुवैले जनही २ हजार ५ सय पुरस्कृार पाए ।

विजेतालाई मलेसिया दूतावासका प्रतिनिधि मोहम्मद फिरदाउस अजमान, स्टडी प्लसका संस्थापक निर्देशक उमेश अधिकारी, काष्ठमण्डपकी संस्थापक प्रिन्सिपल डा. शिवा थापालगायतले पुरस्कृत गरे ।   

कान्तिपुर

Link copied successfully