पुलिसमाथि जावलाखेलको सजिलो जित 

जावलाखेलको यो लगातार दोस्रो जित हो भने पुलिसको यो लगातार दोस्रो हार हो ।

फाल्गुन ११, २०८२

कान्तिपुर संवाददाता

Jawalakhel's easy victory over the police

काठमाडौं — जावलाखेलले राष्ट्रिय लिग २०६२ मा पुलिसलाई सोमबार सजिलै ३-० ले हराएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा प्राप्त यो जितले जावलाखेलको ६ खेलबाट ९ अंक भएको छ । 

पुलिस भने ४ अंकमै सीमित रह्यो । जावलाखेलका लागि निकोलस ह्यामल्टन, युवराज ढकाल र विकास मगरले एक एक गोल गरे । जावलाखेल पहिलो हाफमा दुई गोलले अगाडि रहेको थियो । 

जावलाखेलको यो लगातार दोस्रो जित हो भने पुलिसको यो लगातार दोस्रो हार हो ।

कान्तिपुर संवाददाता

Link copied successfully